Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड तात्यो ! सेयर कर्नरिङ्गबारे थाल्यो अध्ययन

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १७ : ४६ मा प्रकाशित

धितोपत्र बोर्ड तात्यो ! सेयर कर्नरिङ्गबारे थाल्यो अध्ययन

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) सेयर कर्नरिङबारे अध्ययन सुरू गरेकाे छ । बाेर्डले मंगलबार लगानी सम्बन्धी एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरू प्राप्त भएकाे र बाेर्डले यस सम्बन्धमा अध्ययन सुरू गरेकाे जानकारी दिएकाे छ ।

यस्ताे अध्ययन सम्पन्न हुन केही समय लाग्ने पनि बाेर्डले जनाएकाे छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजक गराउँदै लगानीकर्ताहरुलाई देशको विद्यमान आर्थिक परिदृश्य, सूचीकृत संगठित संस्थाहरुको कार्यसम्पादनको आधारभूत विश्लेषण(प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्य सम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्थालाई समेत मूल्यांकन गरी लगानी गर्न अनुराेध गरेकाे छ ।

त्यस्तै, सेयर बजार बढेको अवस्थामा लगानीकर्ताहरूको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा यस विषयमा लगानीकर्ताहरू चनाखाे हुनु जरूरी रहेकाे बाेर्डले जनाएकाे छ । बजारको सिद्धान्त अनुरुप बजार घटबढ हुने हुँदा लगानीकर्ताले लगानी गर्दै गर्दा लगानीसँगै जोखिम पनि हुन्छ भन्ने ध्यानमा राखी जोखिम बहन गर्नसक्ने गरी लगानी गर्नुपर्ने व्यहोरा बाेर्डले सबै लगानीकर्ताहरूलाई अनुरोध गरेकाे छ ।

हाल करिव ९० प्रतिशत कारोबार अनलाइन मार्फत् भइरहेकाे, धिताेपत्रकाे प्राथमिक र दोश्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या बढिरहेको तथा कारोबार रकम र काराेबार संख्यामा पनि बढोत्तरी भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

बाेर्डले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको