Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १८ : २५ मा प्रकाशित

नबिल बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले ७ वर्ष अवधिको लागि ३ अर्ब रुपैयाँ बराबरको ‘८% नबिल बैंक डिबेन्चर २०८५’ नाममा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे थियाे । सेबाेनबाट जेठ ११ गते अनुमति पाएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको