Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरले सेबोनमा दर्ता गर्‍यो १००% हकप्रद सेयर प्रस्ताव

अर्थ संसार

मंगलबार, २३ मंसिर २०८२, ०८ : ४६ मा प्रकाशित

पाँचथर पावरले सेबोनमा दर्ता गर्‍यो १००% हकप्रद सेयर प्रस्ताव

पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ। कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको जनाएको छ।

यदि धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएमा कम्पनीले हाल कायम चुक्ता पुँजीका आधारमा १ः१ अनुपातमा, अर्थात शतप्रतिशत हकप्रद सेयर जारी गर्नेछ। यस योजनाअनुसार कम्पनीले करिब ९६ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बजारमा ल्याउने प्रस्ताव गरेको छ।

हकप्रद सेयरमार्फत कम्पनीले ९६ लाख २५ हजार कित्ता सेयर हालका सेयरधनीहरूलाई जारी गर्ने तयारी गरेको हो। यस प्रक्रियाको व्यवस्थापन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडलाई दिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको