Like us!
Follow us!
Connect us!
Watch us!

फोहोर व्यवस्थापन बिल अब खल्तीबाट सिधै भुक्तानी गर्न सकिने

अर्थ संसार

बुधबार, २६ जेठ २०७८, १४ : ३५ मा प्रकाशित

फोहोर व्यवस्थापन बिल अब खल्तीबाट सिधै भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अब खल्तीबाट नि;शुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ । 

फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेट बीच भएको सम्झौतापछि उक्त सेवा कार्यान्वयनमा आएको हो । बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलन को बिल तिर्न सकिने भएको छ । हाल खल्तीले यो सेवा उपत्यकाको चार  क्षेत्रहरु Action Waste Baneshwor, Active Nepal Boudha, Sarbakalyan Sewa Thankot र Clean Nepal मात्र संचालनमा ल्याएको छ । आगामी दिनमा चाँडै नै थप कम्पनीहरु सँग सहमति र सहकार्य गरि फोहोर व्यवस्थापन बिल खल्ती मार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारीे खल्तीले गरिरहेको छ ।

सम्झौतामा हस्ताक्षर गरिसकेपश्चात् फोहोर संकलन गर्ने कम्पनीहरुसँगको यो सहकार्यले अब कुनै पनि समयमा फोहरमैलाको रकम झन्झटरहित तवरले जुनसुकै ठाउँ र समयमा तिर्न धेरै नै सहज हुने खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले बताएका छन् ।

यो सेवाको लाभ लिन, खल्तीको होम स्क्रिनमा रहेको “Waste” मा ट्याप गरि आफ्नो फोहोर संकलन गर्ने कम्पनि छान्नुपर्ने हुन्छ । त्यसपछि, आफ्नो कार्ड नम्बर भरि “Get Details” बटनमा ट्याप गरेपछि अर्को स्क्रिनमा कुल रकम देखा पर्नेछ । अब, सबै विवरण ठिक भएको यकिन गरि सिधै बिल भुक्तानी गर्न सकिन्छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको