Like us!
Follow us!
Connect us!
Watch us!

बुम रेमिटान्सको भुक्तानी सिभिल बैंकले गर्ने

शुक्रबार, ०५ कार्तिक २०७३, ११ : २८ मा प्रकाशित

बुम रेमिटान्सको भुक्तानी सिभिल बैंकले गर्ने

अर्थ संसार
काठमाडौं– बुम रेमिट्यान्स र सिभिल बैंक लिमिटेडबिच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सिभिल बैंकका ५१ वटा शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले हस्तक्षर गरे । बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ ।

चाडै मलेसिया, कोरिया, जापान, क्यानाडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३ हजार १ सयभन्दा बढी सब–ऐजेन्टहरु छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको