Like us!
Follow us!
Connect us!
Watch us!

वैशाखसम्म वाणिज्य बैंकहरूले ५५ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाए

पत्रपत्रिका

आइतबार, ३० जेठ २०७८, ०७ : ४५ मा प्रकाशित

वैशाखसम्म वाणिज्य बैंकहरूले  ५५ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाए

कोभिड प्रभावित वर्षमा अधिकांश क्षेत्र ठप्प रहे पनि चालू आर्थिक वर्ष (आव) को १० महीनासम्ममा बैंकहरू निरन्तर कमाइ गर्न सफल भएका छन् । 
यसैबीच, सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले अपेक्षा गरेअनुसारको कमाउन नसके पनि वैशाखसम्ममा भने ५५ अर्ब ७९ करोड २८ लाख बराबर खुद नाफा गर्न सफल भएका छन् । चालू आवको तेस्रो त्रैमास अर्थात् चैतसम्ममा बैंकहरूको यस्तो नाफा ५० अर्ब ७४ करोड गरेका थिए ।

यो एक महीनाको अन्तरमा सबैभन्दा बढि नबिल बैंकले काएको छ । बैंकले यो एक महिनामा थप ३८ करोड १० लाख रुपैयाँ हाराहारीमा खुद नाफा गर्न सफल भएको छ । गत ९ महीना (चैत) मसान्त सम्ममा सो बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैशाख अन्तिम सम्ममा बैंकको मुनाफा ४ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।  

अझ सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको थियो । यसपछिको करीब १५ दिन समग्र अर्थतन्त्र प्रभावित हुन पुग्यो । यसअवस्थामा पनि वैशाख महीनामा मात्रै वाणिज्य बैंकहरूले ५ अर्ब ५ करोड २८ लाख हाराहारीमा नाफा कमाएका छन् ।

तर, यसअघिको महीनामा भने बैंकहरूको मासिक नाफा वृद्धि करीब ५ अर्ब ६३ करोड ७७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको थियो । यसअघिका महीनाको तुलनामा वैशाखमा ५८ करोड ४९ रुपैयाँले नाफा संकुचन भएको छ ।

कोभिड–१९ को चुनौती हुँदाहुँदै पनि अपेक्षाअनुसारको नाफा गर्न नसके पनि यत्तिको नाफालाई बैंकहरूले सन्तोषजनक रूपमै लिएका छन् निषेधाज्ञाको प्रभाव अन्य क्षेत्रमा जस्तो धेरै नपरेपनि केही मात्रामा बैंकको नाफामा परेको बैंकरहरू बताउँछन् । 

आर्थिक अभियानमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको