Like us!
Follow us!
Connect us!
Watch us!

साउनमा सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकले कमायो, कुनको नाफा कति ?

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, ०७ : ४९ मा प्रकाशित

साउनमा सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकले कमायो, कुनको नाफा कति ?

चालु आर्थिक बर्षको महिलो महिना साउनमा सबैभन्दा बढि नाफा कमाउने बैंक बनेको छ राष्ट्रिय वाणिज्य बैंक । बैंकले साउनको अन्तिम सम्ममा ७५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । 

त्यस्तै साउन महिनामा ग्लोबल आईएमई बैंकले ६७ करोड ३३ लाख, नबिल बैंकले ४९ करोड ७२ लाख र एनआईसी एशिया बैकले ४७ करोड ६३ लाख रुपैयाँँ खुद नाफा आर्जन गर्दै सबैभन्दा बढि नाफा कमाउने बैंकको दोस्रो, तेस्रो र चौथो नम्बरमा पर्न सफल भएका छन् । 

साउन महिनमा २६ वटा वाणिज्य बैंकहरुले कुल ८ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । एभ्रेजमा हेर्दा बैंकहरुको नाफा ३३ करोड ५० लाख रुपैयाँ देखिन्छ । राष्ट्र बैंकको डाटा अनुसार साउन महिनामा १२ वटा वाणिज्य बैंकहरुले ३० करोड रुपैयाँ भन्दा बढि मुुनाफा कमाउन सफल भएका छन् भने बाँकी १४ वाणिज्य बैंकहरुको नाफा ३० करोडभन्दा कम छ । 

साउन महिनामा सबैभन्दा कम मूनाफा आर्जन बैंक अफ काठमांडौले गरेको छ । बैंकले साउनमा १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । 

साउनमा बैंकहरुको कमाएको नाफा करोडमाः 

631fe6718fe49.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको