Like us!
Follow us!
Connect us!
Watch us!

२० वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको लाभांश कति ?

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, ०७ : ०८ मा प्रकाशित

२० वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको लाभांश कति ?

हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न २० वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ । लाभांश घाेषणा गर्ने २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिल बैंकले लाभांश घाेषणा गरेकाे छ भने सबैभन्दा थाेरै सनराइज बैंककाे लाभांश रहेकाे छ । 

त्यस्तै, लाभांश घाेषणा गर्ने २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकहरूले वार्षिक साधारण सभा बाेलाएका छन् । यी ५ वटै बैंककाे बुकक्लाेज पनि भइसकेकाे छ । त्यसैले, अब यी बैंककाे सेयर किन्ने लगानीकर्ताहरूले याे आर्थिक वर्षकाे लाभांश पाउँदैनन् । ५ वटा बैंकमध्ये, ३ वटा बैंककाे  साधारण सभा पनि सम्पन्न भइसकेकाे छ । कुमारी बैंक, सानिमा बैंक र सिटिजन्स बैंककाे साधारण सभा सम्पन्न भइसकेकाे छ । यस्तै, माछापुच्छ्रे बैंक र नेपाल बङ्गलादेश बैंकले पनि साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुकक्लाेज गरिसकेका छन् । 

हेर्नुस् कुन बैंककाे कति लाभांश ?

१. हिमालयन बैंक लिमिटेड

हिमालयन बैंक लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयाेजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. सानिमा बैंक लिमिटेड

 सानिमा बैंक लिमिटेडको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंककाे साधारण सभा कार्तिक १४ गते आइतबार, आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडाैँमा सम्पन्न भइसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ७ गतेदेखि बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड

 सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २२ गते एक दिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले, असाेज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे वार्षिक साधारण सभा कार्तिक १६ गते सम्पन्न भइसकेकाे छ । 

४. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे असाेज १७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.७६ प्रतिशत नगद गरी कुल १६ लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

५. माछापुच्छ्रे बैंक लिमिटेड

माछापुच्छ्रे बैंक लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ। बैंकले २६ कात्तिकमा होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा २३औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले ७ कात्तिकमा बुकक्लोज गरेकाे थियाे । त्यसैले, ६ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै  सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

६. स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि  ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

७. कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडको असाेज ११ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । कुमारी बैंकको २१औं वार्षिक साधारण सभा कार्तिक १६ गते, मंगलबार सम्पन्न भइसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ८ गते एकदिन बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ७ गते, आइतबारसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् । 

८. एनएमबि बैंक लिमिटेड

एनएमबि बैंक लिमिटेडकाे कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

९. सिद्धार्थ बैंक लिमिटेड

सिद्धार्थ बैंक लिमिटेडकाे कार्तिक ७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

१०. नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडकाे कार्तिक ७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

११. एभरेष्ट बैंक लिमिटेड

एभरेष्ट बैंक लिमिटेडकाे कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

१२. नेपाल बङ्गलादेश बैंक लिमिटेड

नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे असाेज २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंककाे २७औँ वार्षिक साधारण सभा मंसिर २ गते बिहीबार, बैंककाे रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक १५ गते एक दिन बुकक्लोज गरिसकेकाे छ । त्यसैले, कार्तिक १४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१३. नबिल बैंक लिमिटेड

नबिल बैंक लिमिटेडकाे कार्तिक १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । याे लाभांश बैंकहरूमध्येकाे हालसम्मकै उच्च लाभांश हाे । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

१४. बैंक अफ काठमाडौँ

बैंक अफ काठमाडाैँ लिमिटेडको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

१५. एनआईसी एशिया बैंक लिमिटेड

एनआईसी एशिया बैंक लिमिटेडको कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७८९४७ प्रतिशत नगद गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

१६. ग्लोबल आईएमई बैंक लिमिटेड

ग्लोबल आईएमई बैंक लिमिटेडकाे असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

१७. प्राइम कमर्सियल बैंक लिमिटेड

प्राइम कमर्सियल बैंक लिमिटेडकाे कार्तिक २२ गते, सोमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत का दरले (अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभांश प्रस्ताव गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

१८. सनराईज बैंक लिमिटेड

सनराईज बैंक लिमिटेडकाे कार्तिक २२ गते, सोमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

१९. मेगा बैंक लिमिटेड

मेगा बैंक लिमिटेडकाे कार्तिक २३ गते, सोमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बाेनस सेयर वितरणको प्रस्ताव गरिएको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२०. प्रभु बैंक

प्रभु बैंक लिमिटेडकाे कार्तिक २३ गते, सोमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको