Like us!
Follow us!
Connect us!
Watch us!

२७ वाणिज्य बैंकको नाफा १० प्रतिशतले वृद्धि

पत्रपत्रिका

विहीबार, १३ माघ २०७८, ०६ : ०८ मा प्रकाशित

२७ वाणिज्य बैंकको नाफा १० प्रतिशतले वृद्धि

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकको नाफा औसतमा १० दशमलव १० प्रतिशतले वृद्धि भएको छ ।

गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वाणिज्य बैंकहरूको नाफा १० दशमलव १० प्रतिशतले वृद्धि भएर रू. ३४ अर्ब २१ करोड पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी वाणिज्य बैंकको कुल नाफा रू. ३१ अर्ब ७ करोड रहेको थियो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा १६ ओटा वाणिज्य बैंकको नाफा १ अर्बभन्दा माथि छ । तीनओटा बैंकको नाफा २ अर्बमाथि पुुगेको छ । सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ६६ करोड नाफा कमाएको छ । गतवर्षको दोस्रो त्रैमासम्ममा यो बैंकले रू.२ अर्ब ३१ करोड नाफा कमाएको थियो ।

त्यस्तै नाफा बढी कमाउने दोस्रो स्थानमा एनआईसी एशिया र तेस्रोमा नबिल बैंक रहेका छन् । चालू आवको दोस्रो त्रैमाससम्ममा एनआईसी एशियाले रू. २ अर्ब ४० करोड र नबिल बैंकले रू.२ अर्ब १८ करोड नाफा कमाएका छन् ।

पछिल्लो समय उद्योगधन्दा र कलकारखाना कोभिड–१९ का कारण धराशयी हुँदै जाँदा वाणिज्य बैंकहरूको नाफा बढ्दै जानुलाई विज्ञहरू अस्वाभाविक मान्छन् । बैंकहरूको काम व्यापार गरेर नाफा कमाउने भए पनि नेपालको परिपे्रक्ष्यमा व्यापारघाटा बढाउन वाणिज्य बैंकहरूको भूमिका ठूलो रहेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।

बैंकरहरूका अनुसार रिटर्न अन इक्विटीका आधारमा बैकहरूको कमाइ निकै कम हो । बैंकहरू पुँजी भारले थिचिएको लगानीकर्ताहरूको भनाइ छ ।
उत्पादनमा जोड नदिनाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने गरेको थापा बताउँछन् । राज्यको उपयुक्त नीति नभएका कारण उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लघुवित्त र वित्त कम्पनीहरू मासिँदै जाने स्थिति आएको थापाले बताए ।

६ ओटा वाणिज्य बैंकको नाफा घट्यो:

चालू आवको दोस्रो त्रैमासम्ममा ६ ओटा वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घट्नेमा प्राइम कमर्शियल, प्रभु, कुमारी, एभरेष्ट, नेपाल बंगलादेश र सनराइज बैंक रहेका छन् । सबैभन्दा बढी नाफा घट्नेमा कुमारी बैंक लिमिटेड रहेको छ । यो बैंकको नाफा २१ दशमलव ७७ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. १ अर्ब २१ करोड नाफा कमाएकोमा चालू आवको दोस्रो त्रैमासम्ममा यो बैंकको नाफा घटेर रू. ९५ करोड १७ लाखमा सीमित भएको छ ।

त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्ममा प्राइम कमर्शियल बैंकको ७ दशमलव ४३ प्रतिशत, प्रभु बैंकको १६ दशमलव ९० प्रतिशत, एभरेष्ट बैंकको १२ दशमवल ७९ प्रतिशत, नेपाल बंगलादेश बैंकको १३ दशमलव ८२ प्रतिशत र सनराइज बैंकको २१ दशमवल ४७ प्रतिशतले नाफा घटेको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको