Like us!
Follow us!
Connect us!
Watch us!

एओएनको दुरुपयाेग गरेर यसरी हुँदैछ बजारमा चलखेल

नेप्से

आइतबार, २६ मंसिर २०७८, १४ : ५५ मा प्रकाशित

एओएनको दुरुपयाेग गरेर यसरी हुँदैछ बजारमा चलखेल

व्यापक चलखेल र कर्नरिङ्ग गर्दै कुनै बेला बजार मूल्य ११०० को हाराहारी पुर्याइएको आइसिएफसी फाइनान्स लिमिटेडको आजको कारोबार निकै रोचक देखियो ।  बजारमूल्य ५९५ चल्दै गर्दा मार्केटडेप्थमा  अल अर नन (AON) फर्म्याटमा १ लाख कित्ता सेयर ५७२.५ मा बेच्न राखिएको देखिन्थ्यो।

सबैभन्दामाथि १ जना लगानीकर्ता  १४८५ कित्ता सेयर ५८४.१ मा किन्न बसेका थिए भने त्यो भन्दा मुनिका विभिन्न मूल्यमा करिब १४००० कित्ता सेयर किन्ने खरिदकर्ताहरु थिए।  

एकैछिन पछि हेर्दा त्यो १ लाख कित्ता सेयर बेच्न बसेका बिक्रीकर्ता सेल क्यान्सिल गरेर भागिसकेका थिए ।  

वास्तवमा त्यसरी १ लाख कित्ता सेयर बिक्रीमा जसले देखाएका थिए ति बिक्रीकर्तालाइ सेयर बेच्नु नै थिएन। धेरै कित्ता सप्लाई देखाएर लगानीकर्ताहरुलाई अत्याएर आफुले सस्तोमा सेयर किन्ने एउटा हथकण्डा मात्र थियो।  

धितोपत्र बोर्डले BUY तर्फको AON हटाए तापनि SELL तर्फको AON नहटाएको कारण AON को दुरुपयोग गर्दै बजारमा ठूलो कित्ता सप्लाई देखाएर लगानीकर्ता अत्याउने प्रवृत्ति बढ्दै गएको छ।  

61b5bce86f5d0.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको