Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले हटायो बिक्रीतर्फको एओएन सुविधा

नेप्से

शुक्रबार, १७ असार २०७९, १० : १४ मा प्रकाशित

नेप्सेले हटायो बिक्रीतर्फको एओएन सुविधा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिक्री तर्फकाे एओएन सुविधा हटाएकाे छ । नेप्सेले नियामक निकाय नेपाल धितोपत्र बार्डकाे निर्देशन अनुसार असार १९ गते, आइतबारदेखि लागू हुने गरी एओएन सुविधा हटाएकाे हाे । 

ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन अल अर नन् अर्थात् कि सबै देउ या एउटै नदेउ फिचर हटाइएको हो । यो फिचर खरिद तर्फको पहिल्यै हटिसकेको थियो । अब बिक्री आदेशमा पनि एओएन सुविधा हटाइएको हो । एओएन फिचरले बजारमा चलखेल हुने भन्दै यो सुविधा हटाइएको हो ।

यही असार १२ गते सम्पन्न भएकाे सेबाेनद्वारा गठित कार्यान्वयन समितिको पहिलो बैठकले एओएन सुविधा खारेज गर्ने निर्णय गरेकाे थियाे । यसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार पनि गरिएकाे थियाे । साेही निर्देशन अनुसार नेप्सेले याे सुविधा खारेज गरेकाे हाे । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62be78c86315e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको