Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो पनि गर्दा रहेछन् बजार घटाउन कहिले कहिले !

अर्थ संसार

मंगलबार, २२ असार २०७८, १५ : २२ मा प्रकाशित

यस्तो पनि गर्दा रहेछन् बजार घटाउन कहिले कहिले !

नेपाल स्टक एक्सचेञ्ज (नेप्सले) ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन्) अर्थात् कि सबै देउ या एउटै नदेउ फिचर खरिदतर्फ जेठ ३० गतेबाट बन्द गरिसकेको छ । तर अझै पनि बजारमा भने यसकाे दुरूपयाेग भइरहेकाे देखिन्छ ।

सेयर खरिदमा एओएन हटेपनि बिक्रीमा भने अझै एओएन लागू नै छ । सेयर खरिदमा चलखेल भयाे भनेर याे सुविधा हटेपनि अब भने सेयर बिक्रीमा चलखेल देखिन थालेकाे छ । नियामक निकायहरूले यस्ता कुरामा पनि ध्यान दिनु जरूरी रहेकाे देखिएकाे छ । 

उदाहरणका लागि :

माथिकाे फाेटाेमा पनि हामीले चलखेल गर्न खाेजिएकाे एक उदाहरण देख्न सक्छाैँ । बजारमूल्य भन्दा पनि घटाएर सेयर बेच्न खाेजिएकाे छ । बजार घटाउने उद्देश्यले नै यसरी चलखेल गरिएकाे अनुमान लगाउन सकिन्छ । 

माथिकाे फाेटाेमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएल) काे बजारमूल्य ४ सय ४५ रूपैयाँ छ । तर उक्त सेयर ४ सय ४२ रूपैयाँमा बिक्री गर्न २ वटा Sell Order राखिएकाे छ । बजारमूल्य ४४५ हुँदाहुँदै पनि ४४२ मा बेच्न खाेजिनु भनेकाे सरासर चलखेल गर्नु हाे ।

सेयर बढ्दा विज्ञप्ती निकाल्ने धितोपत्र बोर्ड घट्दा किन मौन ?

एओएन सुविधाले सेयर बजारमा एकैपटक ठूलो परिमाणमा खरिद तथा बिक्री अर्डर राखेर लगानीकर्तालाई भ्रममा पार्ने काम भएको गुनासो पटकपटक आएको थियो । लगानीकर्ताहरुको यो गुनासोको सम्बोधन गर्दै तत्काललाई खरिदतर्फको मात्र सुविधा खारेजीको निर्देशन दिइएकाे थियाे ।

५० कित्ताले लगानीकर्ताकाे कराेडाैं पैसा डुबाउन खाेज्ने हिम्मत, नेप्से किन माैन ?

एओएन सुविधा खारेज भएपछि बजारमा कृतृम अर्डरको पसल थापेर बस्नेहरुको उठिबास हुने, टिएमएसमा फेक अर्डरहरु नआउने र सबै अर्गानिक अर्थात किन्न चाहने लगानीकर्ताहरुको मात्र खरिद आदेश देखिने भएकाले साना लगानीकर्ताहरु भ्रमित हुने अवस्था नरहने विश्लेषण गरिएकाे थियाे । तर यहाँ बिक्रीमा पनि चलखेल देखिन थालेकाे छ । 

नेपाल इन्स्योरेन्स कम्पनीकाे अन्तिम सेयर मूल्यमा चलखेल, नियम विपरित १२ % मूल्य घटाएर काराेबार

याे पनि :

हामीले केहि गलत काम गरेका छैनौँ । नेप्सेसँग शीतयुद्ध किन ? Niraj Giri

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको