Like us!
Follow us!
Connect us!
Watch us!

एसीआईद्वारा १७७ भूमिहीन परिवारलाई खाद्यान्न सामाग्री वितरण

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, १९ : ४५ मा प्रकाशित

एसीआईद्वारा १७७ भूमिहीन परिवारलाई खाद्यान्न सामाग्री वितरण

एशाेसिएसन फर क्राइसिस इन्टरभेन्सन (एसीआई) (Association for Crisis Intervention) ले १७७ भूमिहीन परिवारलाई खाद्यान्न वितरण गरेकाे छ । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका काठमाडौँको थापाथलीको किनारमा बस्ने १७७ भूमिहीन परिवारलाई खाद्यान्न वितरण गरिएकाे हाे । खाद्यान्न सामाग्री अन्तर्गत्  चामल, खाने तेल, चना, नुन, मसला, बेसार, भटमासकाे मस्याैरा र आलु रहेकाे थियाे ।

खाद्यान्न सामाग्री वितरण गर्ने क्रममा त्यहाँकाे उपभाेक्ता टाेल निर्माण समितिका अध्यक्ष, बल बहादुर खत्रीले हर्षित हुँदै सम्पूर्ण एसीआई टिमलाई र सहयाेगी दाताहरूलाई धन्यवादसँगै आशिर्वाद समेत दिएका थिए । अन्य व्यक्तिहरूले पनि अहिलेकाे विषम परिस्थितिमा काम गर्न नपाएर छाक टार्न गाह्राे भएकाे अवस्थामा एसीआईले आफूहरूलाई खाद्यान्न सामाग्री वितरण गर्दा ठूलाे राहत मिलेकाे बताएका थिए ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पालना गरी खाद्यान्न सामाग्री वितरण गरिएकाे थियाे । उक्त कार्यक्रममा थापाथली प्रहरी बिटको सुरक्षाकर्मी साथै सानो सहयोग संस्थाकाे कर्मचारीले समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी, खाद्यान्न सामाग्री वितरण गरिसकेपश्चात् एसीआईका संयाेजक बिबेक चालिसेले, एसीआईकाे पहिलाे अभियान अन्तर्गत् छाेटाे समयमा नै याेजना बनाई याे खाद्यान्न सामाग्री वितरण गर्ने कार्यक्रम आफूले साेचेकाे भन्दा पनि राम्राेसँग सफल भएकाेमा सबैप्रति आभार प्रकट गरेका थिए ।

Association for Crisis Intervention (एसीआई) त्रिभुवन विश्वविद्यालयको सामाजिक कार्य विभागको सातौँ व्याचका विद्यार्थीहरूको संलग्नतामा हालै स्थापना गरिएकाे सामूदायिक गैरनाफामूलक संस्था हाे । 

केही  तस्विरहरू हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको