Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको इमेल ह्याक, बजारमा चलखेल भएको भन्दै सिबिआईमा उजुरी

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १३ : ४४ मा प्रकाशित

धितोपत्र बोर्डको इमेल ह्याक, बजारमा चलखेल भएको भन्दै सिबिआईमा उजुरी

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र वोर्डको आधिकारीक इमेल आइडी ह्याक भएको छ । बोर्डले ह्याक भएको इमेल अहिले रिकभर भइसकेको बताएको छ । कसले ह्याक गर्यो भन्ने अनुसन्धान भइरहेको बोर्डले जनाएको छ ।

ब्रोर्डका प्रबक्ता निरज गिरीले कसैले बोर्डको इमेल ह्याक गरेर प्रहरीको अनुसन्धान ब्युरो (सिबिआई) लाई मेल गरेको पाइएको स्वीकारे । उनले बाहिर आएको हल्ला जस्तो अध्यक्षकै बिरुद्धमा अख्तियारमा उजुरी दिएको भन्ने कुरामा भने सत्यता नरहेको बताए ।

बोर्डको इमेल ह्याक गरेर कसैले बोर्डकै अध्यक्षबिरुद्ध अख्तियारमा उजुरी गरेको भन्ने सामाजिक संजालहरुमा हल्ला फैलिएको थियो । अर्थसंसार संगको कुराकानीमा उनले भने, 'कसैले हाम्रो ईमेल ह्याक गरेर सिबिआईर्ला बजारमा चलखेल भइरहेको र त्यसका बारेमा जाँचबुँझ गरिदिनुपर्यो भन्ने ब्यहोराको पत्र पठाएको पाईयो ।

आजमात्र हामीलाई सिबिआईबाट तपाइहरुकोबाट यस्तो ब्यहोराको पत्र आएको छ भन्ने जानकारी दिइएपछि बोर्डको मेल ह्याक भएको थाहा पायौं । आवश्यक व्यवस्था भइसकेको छ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको