Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डमा लगानीकर्ताको निवेदनः ब्रोकरले सेयर बेचेको पैसा समयमा दिएन

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १९ : ५१ मा प्रकाशित

धितोपत्र बोर्डमा लगानीकर्ताको निवेदनः ब्रोकरले सेयर बेचेको पैसा समयमा दिएन

अहिने धितोपत्र दलालहरुको सेवाबाट आम लगानीकर्ताहरु आजित भएको देखिन्छ । विभिन्न सामाजिक सञ्जालमार्फत लगानीकर्ताहरुले ब्रोकरहरुप्रति आक्रोश ब्यक्त गरिरहेको पाइन्छ । 

अहिले कतिपय लगानीकर्ताहरुले धमाधम धितोपत्र बोर्डमा समेत ब्रोकरहरुको मनोमानी बिरुद्ध उजुरी दिन थालेका छन् । तर जति उजुरीे गरे पनि लगानीकर्ताहरुको उजुरी उपर बोर्डले सुनुवाई नगरेको लगानीकर्ताहरु बताउँछन् ।

लगानीकर्ता उमेश दाहालले जेठ १९ र २० गते अनामनगरको भिजन सेक्युरिटीजमार्फत विभिन्न कम्पनीको सेयर बिक्री गरेका थिए । 

उनले सेयर बेचेको रकम १५औं दिनसम्म नपाएको बताए । सेयर बिक्री भएको पाँचौं दिनदेखि उनले नियमित रुपमा ब्रोकरले उपलब्ध गराएका मोबाइल नम्बरहरुमा बारंबार फोन गर्दा पनि रकम नपाएको दावी गरे ।   

उनले भने, "ब्रोकरका सम्बन्धित मानिसहरुसँग दैनिक बिक्री गरिएका संस्थाका शेयरवापतको रकम खातामा हालि दिन अनुरोध गर्दै आएको छु । यसको प्रमाण आवश्यक भएमा म मैले डायल गरेको र कुराकानी भएको विवरण उपलब्ध गराउन  तयार छु । अधिकांश समय सेक्युरिटीजका आधिकारिक व्यक्तिहरुले आजै पठाउँछु, भरे पठाउँछु भनी भन्ने तर रकम भने नपठाउने गर्दै आएका छन् । कतिपय पटक त सिस्टमले काम गरेन काम गर्नासाथ तत्काल पठाउँछु भनी गुमराहमा राख्ने गरेका छन् ।"

उनले उक्त सेयर दलाल कम्पनीविरुद्ध धितोपत्र बोर्डमा उजुरी गरेका छन् । "सेयर बेचेको रकम दुरुपयोग गरी सेवाग्राहीको अप्ठेरोमाथि खेलवाड गर्ने यस संस्थाका आधिकारिक व्यक्तिमाथि उचित कारवाही गरी ढिला रकम पठाएर मलाई अतिरिक्त हानी पुर्याएवापतको क्षतिपूर्ति समेत उपलब्ध गराउन माग गर्दै धितोपत्र बोर्डमा निवेदन पेश गरेको छु" उनले भने । 

उनले निवेदनमा भिजनले यसका अतिरिक्त आधिकारिक व्यक्तिहरुले खरिद नगरेको सेयरसमेत खरिद गरेको भनी सन्देश पठाएर त्यसवापतको रकम वर्षौंसम्म नतिरेको भनी उल्टै सेवाग्राहीलाई हैरानी दिने गरेको बताएका छन् । शेयर बेचेको बेला सेक्युरिटीजबाट जतिबेला पनि फोन गरी तपाईंको नाममा अघिल्लो पटक झुक्किएर बढी रकम गएको रहेछ, यसपटक मिलाउनुपर्छ भनी सेवाग्राहीलाई ठग्ने नियतसमेत राख्ने गरेको दाहालले निवेदनमा उल्लेख गरेका छन् । यस सम्बन्धमा त्यहाँबाट आएका फोनका विवरण आवश्यक परेका पेश गर्ने उनले बताएका छन् । 

तत्कालका लागि रकमको आवश्यक परी शेयर बिक्री गरेको बेलामा हप्तौंसम्म रकम नपठाउँदा धेरै नोक्सानी भएको उनले बताए । उनले यसअघि पनि सेयर बेचेको रकम १२ दिनपछि मात्र पाएका थिए । सेयर बेचेको रकम ३ दिनभित्र लगानीकर्ताको खातामा पठाउनु पर्ने ब्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको