Like us!
Follow us!
Connect us!
Watch us!

"बैंकका सहायक कम्पनी होइन बैंकलाई नै ब्रोकर लाईसेन्स दिनुपर्छ": भरत रानाभाट

अर्थ संसार टक

आइतबार, १० असोज २०७८, ११ : ०५ मा प्रकाशित

बैंकका सहायक कम्पनीहरुलाई नभई बैंकहरुलाई नै ब्रोकर लाईसेन्स दिनुपर्ने बताउँछन् ब्रोकर एशोसियसनका पुर्व अध्यक्ष एवं ३५ नम्बर ब्रोकरका सञ्चालक भरत रानाभाट ।

“बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिँदा कसरी आम लगानीकर्तासम्म पुग्न सक्ने ? नेप्सेले बनाएको र्निदेशिकामा स्पष्ट रुपमा नै सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाएमा बैंकको शाखा कार्यालयहरुबाट ब्रोकर सेवा प्रवाह गर्न नसकिने कुरा उल्लेख गरिएको छ त्यो हेर्दा त यदी बैंकका सहायक कम्पनीहरुले ब्रोकर लाईसेन्स पाएपनि शाखा नै विस्तार गर्नुपर्छ । त्यसैले अब यदी नयाँ ब्रोकर लाईसेन्स दिने हो भने बैंकका सहायक कम्पनीहरुलाई नभई बैंकहरुलाई नै दिनुपर्छ”, उनले भने ।

अहिले सेयर बजारमा आएको उतार चढावलाई धेरै अस्वभाविक रुपमा लिन नहुने तर्क गर्छन् उनी । अहिले संख्यात्मक रुपमा हेर्दा १०० अंकको उतारचढाव धेरै जस्तो देखिएपनि प्रतिशतका आधारमा हेर्ने हो भने यसलाई धेरै ठुलो उतार चढाव मान्न नसकिने तर्क उनको छ । बजार घटबढ नै नहुने हो भने लगानीकर्ताहरुले पैसा कसरी कमाउने त ? उनले प्रश्न गरे । 

“यदी कसैले सेयर बजारलाई नै आफ्नो पेसा वा व्यवसाय बनाउने सोचमा भए यसको उतारचढावसँग पनि समाहित हुन सक्नुपर्छ, बजार सधैँ एउटै गतिमा पनि चल्दैन बजार घट्दा मात्रै पैसा कमाइन्छ बजार घट्ने बित्तिकै बजारबाट बाहिरी हाल्नुपर्छ भन्ने मानसिकता लगानीकर्ताहरुले त्याग्नुपर्छ । बढ्दा बढ्छ मात्र सोच्ने भएभरको सम्पत्तीले सेयर किन्ने अनि बजार जति घाटामा भएपनि आत्तिएर सेयर बेचेर भागिहाल्नुपर्छ भन्ने सोचले नै सबैभन्दा नोक्सान गर्छ” उनले भने ।  

अहिले सेयर बजारबाट लगानीकर्ताहरु बाहिरिएका कारण कारोबार रकम घटेको नभई बजार घटिरहेका कारणले मात्र कारोबार रकम घटेको बताउँछन् उनी । जहिले पनि बढ्दो बजारमा कारोबार रकम बढ्ने र घट्दो बजारमा कारोबार रकम घट्ने कुरा स्वभाविक भएको उनको तर्क छ । अब बजार बढ्दै गर्दा पहिलेको कारोबार रकमको रेकर्डलाई ब्रेक गरेर अगाडी बढ्ने उनको दावी छ ।

बजार बढ्ने र घट्ने एक स्वभाविक प्रक्रिया हो तर कहिँले काँही कतिपय अवस्थामा बढ्न र घट्न मद्दत पुर्याउने विभिन्न तत्वहरु पनि हुन्छन् ती तत्वहरुले प्रभाव पनि पार्छ तर कुनै समयमा गएर त्यसलाई पुनः बजारले पचाइ पनि दिन्छ त्यसैले अहिले पनि त्यही भएको हो नियामक निकायहरुले नीति नियममा ल्याएको नितिगत परिवर्तनले केही प्रभावित पनि हुन पुग्यो तर अहिले पुन: बजारले आफ्नो लय समातिसकेको उनको तर्क छ । 

नयाँ लगानीकर्ताहरुमा स्टप लस पनि गर्नुपर्छ, कहिले काँही सेयर घाटामा पनि बेच्नुपर्छ भन्ने ज्ञान नभएका कारण पनि बजार घट्दा नयाँ लगानीकर्ताहरु बढी प्यानिक हुने गरेको उनको अनुभव छ । बुलिस ट्रेन्डमा बजार बढ्दा ३० प्रतिशतले बढ्ने अनि घट्दा १०-१५ प्रतिशतले घट्ने हुँदा नयाँ लगानीकर्ताहरुलाई बजार बढिरहन्छ जस्तो लागेको पनि थियो अहिलेको यो करेक्सनले केहि हदसम्म नयाँ लगानीकर्ताहरुलाई राम्रो ज्ञान हाँसिल भएको उनसक्ने उनको अनुमान छ । 

“लगानीकर्ताहरु नेप्सेको इन्डेक्स भन्दा पनि आँफुले लगानी गरेको कम्पनी हेर्नुपर्छ भोली बजारमा नयाँ नयाँ कम्पनीहरु प्रवेश गर्दा अहिलेका कम्पनीहरुको सेयर मूल्य अहिलेकै अवस्थामा रहँदा पनि इन्डेक्स १० हजार पुग्न पनि सक्छ इन्डेक्स भनेको त समग्र कम्पनीहरुको रेसियो निकाल्ने न हो जस्तै हामी निफ्रालाई उदाहरणका रुपमा हेर्न सक्छौँ हिजो नेप्से २५ सयको विन्दुमा पुग्दा पनि यसको मूल्य ७०० सम्म पुग्यो तर बजार बढेर ३२०० को विन्दुमा पुग्दा पनि मूल्य ५०० को हारहारीमा थिया अहिले त झनै ४०० भन्दा पनि मुनि छ त्यसैले लगानीकर्ताहरुले इन्डेक्स भन्दा पनि कम्पनी हेर्नुपर्छ” उनले भने ।

अहिले विभिन्न कम्पनीहरुको सेयर मूल्यको वृद्धिलाई अस्वभाविक भन्ने तर्कसँग सहमत छैनन् उनी । उनी भन्छन् “कुनै मानिसले कुनै कम्पनी चित्त बुझेर जति मूल्य हालेर पनि त्यो कम्पनीको सेयर किन्छ भने त्याे त उसको स्वतन्त्रताको कुरा हो कुनै एक व्यक्तिलाई मन परेको कम्पनी अर्कोलाई मन नपर्नसक्छ त्यसैले आफुलाई मन पर्दैन त्यो कम्पनीको सेयर मूल्य बढि हो जस्तो लाग्छ भने त्यस्तो कम्पनी नकिन्ने तर त्यो अस्वभाविक नै हो भनेर भन्नु चाँहि सहि हो जस्तो मलाई लाग्दैन ।”

“अहिलेको नेपालको सेयर बजारमा लगानीकर्ताहरु भन्दा पनि ट्रेडरहरु बढि हावी भएको उनको अनुभव छ । अहिलेका अधिकांश लगानीकर्ताहरुलाई कम्पनीले दिने प्रतिफल भन्दा पनि कम्पनीको सेयर मूल्य बढेर हुने मुनाफामा बढि रुची भएको देखिन्छ त्यसैले अहिले लाभांश दिने कम्पनीहरुको भन्दा पनि कम चुक्ता पुँजी भएका र खेल्न मिल्ने कम्पनीहरुको सेयर मूल्य वृद्धि भइरहेको छ” उनले भने ।

अहिलेको बजारमा ब्रोकरहरुले सेयर बजारलाई प्रभावित पारे भन्ने आरोपको खण्डन् गर्दै उनले भने “अहिले अनलाईन प्रणालीको विकासले गर्दा ब्रोकरहरु लगानीकर्ताहरुसँग टच नै हुनपर्दैन उहाँहरुले किनिसके पछिमात्र हामीलाई थाहा हुन्छ पहिले जस्तो हामी मार्फत किन्ने अवस्था भएको भएपनि कुरा एक हुन्थ्यो अहिले लगानीकर्ताहरु एकदमै स्वतन्त्र ढंगले सेयर किन-बेचमा संलग्न छन् जस्तो लाग्छ मलाई ।”
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको