Like us!
Follow us!
Connect us!
Watch us!

योग्य सबै कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिन धितोपत्र बोर्डको प्रस्ताव

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १० : ५९ मा प्रकाशित

योग्य सबै कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिन धितोपत्र बोर्डको प्रस्ताव

नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी निर्देशक तथा कामू प्रमुख निरज गिरीले बोर्डले अब ब्रोकर संख्या थप्ने विषयमा कुनै संख्यामा सिमित नगरी योग्य सबै कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिने गरी अर्थमन्त्रालयमा प्रस्ताव गरिएको जनाएका छन् ।

मंगलबार सेयर बजारका विभिन्न १६ बुँदे माग राख्दै आन्दोलनरत पुँजीबजार सुधार संघर्ष समितीका प्रतिनिधीहरुसँगको वार्तामा बोल्दै गिरीले भने, “अब ब्रोकर थप्ने कुरा संख्या तोकेर यति उति भन्दा उल्टो आफुहरुमाथि नै प्रश्न चिन्ह आउने सक्ने भएकाले बोर्डले तोकेको मापदण्ड पुरा गर्ने सबै कम्पनीलाई ब्रोकर लाईसेन्स दिने प्रस्तावसहितको नियमावली हामीले अर्थमन्त्रालयमा पठाएका छौँ अब त्यो नियमावली मन्त्रालयबाट पास हुने बित्तिकै कार्यान्वयन हुन्छ ।”

गिरीले अगाडी भने, "संख्या तोकेर यति उति भन्दा सबैलाई आरोप लाग्ने हुँदा अब संख्या नतोकी मापदण्ड पुरा गर्ने सबै कम्पनीलाई ब्रोकर लाईसेन्स दिन हामीले प्रस्ताव गरेका छौ चाँहे ती कम्पनीहरु बैंकका सहायक कम्पनीहरु हुन् वा अन्य कम्पनीहरु हुन् सबैलाई लाईसेन्स दिनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो ।"   

वार्तामा गिरीले ब्रोकर लाइसेन्स बारे यस्तो बोलेका थिएः


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको