Like us!
Follow us!
Connect us!
Watch us!

तत्काल ४० लाख डोज खोप किन्ने सरकारको तयारी, 'स्मार्ट लकडाउनमा' जाने निर्णय

पत्रपत्रिका

विहीबार, ०३ असार २०७८, ०६ : ५२ मा प्रकाशित

कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ । 

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड  कडाइका  साथ  पालना  गराई  केही  क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी  प्रधानमन्त्रीको  निजी  सचिवालयले  दिएको छ । 

बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र  र  अत्यावश्यक  उद्योगलाई  स्वास्थ्य  मापदण्ड  पालनाका  साथ  खोल्न  दिइनेसमेत  निर्णय  गरेको  छ  ।    यसैगरी  गैर  आवासीय  नेपालीबाट  पठाइन  लागेको  अक्सिजन  सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध  गराउने  एवं  इजरायल  सरकारबाट  सहयोग स्वरूप दिन लागिएको सघन उपचारमा प्रयोग  हुने  सामग्री  स्वीकार  गर्ने  निर्णय  पनि  बैठकले गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।  

कोभिड   नियन्त्रणका   लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी दिँदै  आगामी साउनदेखि सो  खोप लगाउन थालिने बताए । त्यसबाहेक अन्य देशसँग पनि प्रयत्न भइरहेकाले खोपको अभाव क्रमशः समाधान हुँदै जाने उनले बताए । कोभिड १९ कुनै एक निकायकको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक  ढङ्गले काम गर्न पनि निर्देशन दिए ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको