Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमण दर घटेकै हो त ?

पत्रपत्रिका

विहीबार, ०३ असार २०७८, ०७ : ३१ मा प्रकाशित

कोरोना संक्रमण दर घटेकै हो त ?

पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ ।

सोहीअवधिमा ३ सय ७९ संक्रमितको मृत्यु भएको छ । हाल देशका ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, धनुषा, चितवन, सुर्खेतमा संक्रमण दर तुलनात्मक रूपमा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि, ती जिल्लामा पनि संक्रमितको संख्या क्रमिक रूपमा घट्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १५ हजार २ सय ३८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ७ सय ४९, शुक्रबार १५ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा ५ हजार ५ सय ८४ जनामा संक्रमण देखिएको थियो ।

यस्तै गत शनिबार १४ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएको छ । गत आइतबार १२ हजार ४ सय ६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ७, सोमबार १४ हजार ८ सय १९ जनाको कोरोना परिक्षण गर्दा २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १३ हजार २ सय ९० जनाको कोरोना परीक्षण गर्दा २ हजार ७ सय ४५ जनामा संक्रमण देखिएको थियो । यस्तै, देशभर बुधबार २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा पीसीआर र एन्टिजेन गरी १३ हजार २२ जनामा कोरोना परीक्षण गरिएको थियो ।

बुधबार देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५ सय ५८ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले कोरोना परीक्षण गराउन आउनेको संख्यामा कमी आएको बताए । डा।पौडेलले भने, ‘संक्रमण रोकथामका लागि भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।

हेलचेक्र्याइ गर्नु हुँदैन । ‘डा. पौडेलले कोरोना परीक्षण गर्नेहरूको संख्यामा कमी आएको बताए । संक्रमितको संख्याकम देखिए पनि जोखिम भने कायम नै रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन् ।

नेपालमा संक्रमित निको हुने दर ८८.५ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ४३ हजार ५ सय २१ जना संक्रमित निको भइसकेका छन् । हाल देशभरका अस्पतालमा ९ सय २ जना आईसीयू र २ सय ७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको