Like us!
Follow us!
Connect us!
Watch us!

भारी अंकले घटेको नेप्सेमा पाँच कम्पनीका लगानीकर्ता भने मालामाल

नेप्से

आइतबार, ०६ असार २०७८, १५ : २३ मा प्रकाशित

भारी अंकले घटेको नेप्सेमा पाँच कम्पनीका लगानीकर्ता भने मालामाल

आज साताको कारोबारको पहिलो दिन नेप्सेमा भारी अंकको गिरावट आएको छ । गतसाता नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीहरुको नाम सार्वजनिक गर्दै ति कम्पनीहरुको सेयरमा लगानीगर्नु जोखिमपुर्ण रहेको जनाएको थियो । 

मंगलबार नेप्सेको विज्ञप्ती पछि निरन्तर ओरालो लागेको नेप्से परिसुचमकमा आज भने ब्यापक गिरावट आएको हो । आज नेप्से परिसुचक ६३.११ अंकले घटेर २९०५.३२ को बिन्दुमा पुगेको छ । 

आज नेप्सेमा भुकम्प आँउदा १७५ वटा कम्पनीहरुको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । आज नेप्सेमा जम्म ३ कम्पनीहरुको सेयर मूल्यमा बृद्धि भएको छ । आज मूल्य बढ्ने कम्पनीहरुमा गोर्खाज फाइनान्स, नारायणी विकास बैंक, नेशनल हाईड्रोपावर कम्पनी, रुरु जलबिद्युत आयोजना र तारागाँउ रिजेन्सी होटल रहेका छन् । 

आजको कारोबारमा कुनै समय गोर्खाज् फाइनान्स कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढिले घटेको थियो तर अन्तिम समयमा नाटकीय रुपमा यो कम्पनीको सेयर मूल्यमा बृद्धि भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको