Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको हात खाली नगर्ने लक्ष्मी बैंक

अर्थ संसार

सोमबार, ०७ असार २०७८, १६ : ०२ मा प्रकाशित

लगानीकर्ताको हात खाली नगर्ने लक्ष्मी बैंक

लक्ष्मी बैंक लिमिटेड नेपालकाे १६औं वाणिज्य बैंक हाे । नेपाली कर्पोरेट क्षेत्रमा पहिलो पटक मर्जर गर्दै बैंकले सन् २००४ मा हाइसेफ वित्त संस्थासंग मर्जर गरेको थियो। त्यस पश्चात बैंकले जनवरी २०१७ मा “ख” वर्गको वित्तिय संस्था दियालो विकास बैंकसँग पनि मर्जर गरिसकेको छ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ४ सय ३ रूपैयाँ रहेकाे छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा  बैंकले १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य नाफा ८४ करोड १६ लाख ३९ हजार रुपैयाँ रहेकाे छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको सञ्चालन नाफा १ अर्ब ८१ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ०२ पैसा छ ।

कुमारी बैंकको लाभांश इतिहास : १० वर्षमा ३.२८ गुणाले बढयो सेयर संख्या

बैंककाे ९ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा ९ वटा आर्थिक वर्षमध्ये बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१ मा २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७४/७५ मा ८.९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९ वर्ष अगाडि बैंककाे १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूकाे सेयर संख्या बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसले गर्दा अहिले बढेर ३०६ कित्ता भन्दा धेरै पुगेकाे छ । बैंककाे सेयरमा ९ वर्ष अघि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर एक लाख २३ हजार रूपैयाँ भन्दा धेरै पुगेकाे छ ।

मेगा बैंकको मेघा लाभांश कहिले ? 

लक्ष्मी बैंक लिमिटेड​को ९ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

नबिल बैंकका सेयरधनी हिजो पनि दङ्ग, आज पनि दङ्ग !

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १८.२९ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन । 

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८.५ प्रतिशत बाेनस सेयर र ०.४५ प्रतिशत नगद गरि कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ९ प्रतिशत बाेनस र २.५ प्रतिशत नगद गरि कूल ११.५ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

शिव भक्त(जय शम्भो)को लगानी मन्त्र,Technical Analysis मात्रले लगानी कति सुरक्षित ? Ajay Singh Thapa

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको