Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको लाभांश इतिहास : १० वर्षमा ३.२८ गुणाले बढयो सेयर संख्या

अर्थ संसार

विहीबार, ०३ असार २०७८, १४ : १६ मा प्रकाशित

कुमारी बैंकको लाभांश इतिहास : १० वर्षमा ३.२८ गुणाले बढयो सेयर संख्या

कुमारी बैंक लिमिटेड पनि नेपालका अग्रणी वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ३ सय ९१ रूपैयाँ रहेकाे छ । 

चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफामा पनि बढेर ९८ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।  बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ र जगेडा कोष बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १८.८८ गुणा रहको छ भने बैंककाे प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४९ पैसा रहेको छ ।

मेगा बैंकको मेघा लाभांश कहिले ?

बैंककाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमध्ये बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१ मा ३४.७४ प्रतिशत लाभांश (३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा ७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१० वर्ष अगाडि बैंककाे १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूकाे सेयर संख्या बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसले गर्दा अहिले बढेर ३२८ कित्ता पुगेकाे छ । बैंककाे सेयरमा १० वर्ष अघि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर एक लाख २८ हजार  रूपैयाँ भन्दा धेरै पुगेकाे छ । 

नबिल बैंकका सेयरधनी हिजो पनि दङ्ग, आज पनि दङ्ग !

कुमारी बैंक लिमिटेड​को १० वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४४ प्रतिशत नगद गरि कूल ८.४४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११ प्रतिशत बाेनस र ०.५८ प्रतिशत नगद गरि कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र १.१ प्रतिशत नगद गरि कूल २२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १२.७५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८.५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२ प्रतिशत नगद गरि कूल १०.५२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.८५ प्रतिशत बाेनस र ३.१५ प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

याे पनि हेर्नुहाेस् :

बैंक होस् त नबिल जस्तो, किन गरिन्छ त धेरै विश्वास ? 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको