Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको मेघा लाभांश कहिले ?

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, १९ : १३ मा प्रकाशित

मेगा बैंकको मेघा लाभांश कहिले ?

मेगा बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ३ सय ७५ रूपैयाँ रहेकाे छ । नाम मेगा भएतापनि मेगा बैंकले मेघा लाभांश भने दिएकाे पाइएन । समग्रमा हेर्दा बैंककाे लाभांश इतिहास अन्य वाणिज्य बैंकहरूकाे तुलनामा एकदमै नाजुक छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । हाल १४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा २ अर्ब ९७ करोड रुपैयाँ छ। हाल बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ रहेको छ।

नबिल बैंकका सेयरधनी हिजो पनि दङ्ग, आज पनि दङ्ग !

बैंककाे ८ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा १३.९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७४/७५ मा ७.८५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

बैंककाे सेयरमा ८ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर ६४ हजार रूपैयाँ भन्दा माथी पुगेकाे छ । बैंकमा ८ वर्ष अघि १०० कित्ता लगानी गर्ने लगानीकर्ताको सेयर बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर एक सय ७१ कित्ता पुगेको छ ।

नेशनल लाइफको लाभांश इतिहास : हजारको लगानी, लाखमा पुग्यो

यस्ताे छ मेगा बैंक लिमिटेड​को ८ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई ९ नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १३.२५ प्रतिशत बाेनस र ०.७ प्रतिशत नगद गरि कूल १३.९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.७५३९ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

६. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई एक प्रतिशत बाेनस र ६.८५ प्रतिशत नगद गरि कूल ७.८५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११.७५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ३.०५ प्रतिशत नगद गरि कूल १३.०५ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

याे पनि हेर्नुहाेस् :

चन्द्र ढकालको नेतृत्वमा ग्लोबलको लोभलाग्दो प्रगति,नबिलसँग टक्कर

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको