Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन

नेप्से

मंगलबार, ०८ असार २०७८, ०८ : ४८ मा प्रकाशित

नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन

नेप्सेमा नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । संस्थाले गतबर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। नेपाल एग्रो इन्फिनिटी लघुवित्तका विलय हुन लागेकोले संस्थाको सेयर कारोबार भने रोक्का छ ।

संस्थाको समायोजनपछिको मूल्य ५४९ रुपैयाँ निर्धारण भएको छ । संस्थाको अन्तिम कारोबार मूल्य ६२६ रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो । 

नेपाल एग्रोले असार २१ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। उक्त सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र नगद लाभांश अनुमोदन गर्नुका साथै इन्फिनिटी लघुवित्तसँग विलय हुने सम्पूर्ण प्रक्रिया पारित गर्नेछ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको