Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोको सेयर मूल्य बृद्धिबारे बोल्यो नियमन आयोग, गलत सूचना दिनेलाई कारवाही

अर्थ संसार

बुधबार, ०२ भदौ २०७८, २२ : ०० मा प्रकाशित

हाइड्रोको सेयर मूल्य बृद्धिबारे बोल्यो नियमन आयोग, गलत सूचना दिनेलाई कारवाही

हाइड्रोवावर कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोगले विगत केहि दिनदेखि विभिन्न सञ्चार माध्याममा केहि बिद्युत कम्पनीका प्रवद्र्धकले सेयर मूल्यमा अस्वभाविक बृद्धि गराउने कार्यमा संलग्न भएका कारण हाइड्रोवावर कम्पनीहरुको सेयर मूल्य बढेको भनि आएका समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज बुधबार एक सुचना जारी गर्दै आयोगले सुचिकृत कम्पनीले जानकारी चथा विवरणहरु सार्वजनिक गर्दा सत्य तथ्य जानकारी गराउनु पर्ने कम्पनीको जिम्मेवारी हो यदि कसैले जानाजान रुपमा लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले गलत सूचना दिने प्रबर्दक र कम्पनीलाई आयोगले कारवाही गर्ने जनाएको छ ।

आयोगले लगानीकर्ताहरुलाई पनि लगानी गर्दा सत्य तथ्य बुझेर , कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ । आयोगले विभिन्न १६ वटा विषयको अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ ।

विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने प्रस्ताव आयोगले अगाडि बढाएको छ । आयोगले विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको भएता पनि त्यो प्रस्ताव अनुसार नै पारित हुने एकिन समेत नभएको जनाएको छ । 

यस्तो छ आयोगको सूचनाः

611d32fc7ad8e.jpg 611d33015fe1f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको