Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको सुरुवातमै फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

सोमबार, १७ माघ २०७८, ११ : १६ मा प्रकाशित

कारोबारको सुरुवातमै फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणमा आकर्षक प्रगति देखिए पछि आज(सोमबार) को सेयर कारोबारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयेर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कारोबारको प्रारम्भमै कम्पनीको सेयर मूल्य २१७ रुपैयाँले बढेर २ हजार ३ सय ८७ रुपैयाँ कायम भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तिय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस नै १४६ रुपैयाँ पुगेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४८ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०३.५८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले २२ करोड ५० लाख १५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २२.७२ प्रतिशतले बढेर ७३ करोड ८२ लाख ७२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६० करोड १५ लाख ६४ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि १००.२८ प्रतिशतले बढेर ७० करोड ८२ लाख १७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३५ करोड ३५ लाख ९६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७१ करोड ९० लाख ३० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १४६ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ ३७४ रुपैयाँ ८२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको