Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरमा कोभिशिल्डको दोस्रो डोज बुधबार लगाइँदै

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १२ : २० मा प्रकाशित

ललितपुरमा कोभिशिल्डको दोस्रो डोज बुधबार लगाइँदै

ललितपुर महानगरपालिकाले कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाउने सूचना सार्वजनिक गरेकाे छ । 

महानगरीय खाेप समन्वय समितिकाे असार ७ गते बसेकाे बैठकले गरेकाे निर्णय अनुसार यस महानगरपालिकाकाे सबै वडाहरूबाट काेभिशिल्ड पहिलाे डाेज लगाएका ७० वर्षमाथिका २२२० जना ज्येष्ठ नागरिक र जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरु गरी जम्मा २५०० खाेप लगाउन लागिएकाे हाे ।

भाेलि (असार ९ गते, बुधबार) बिहान १० बजेदेखि दिउँसाे ४ बजेसम्म खाेप लगाउने कार्यक्रम सञ्चालन गरिने पनि महानगरपालिकाले जानकारी दिएकाे छ । खाेप लगाउने केन्द्रहरू तलकाे सूचनामा उल्लेख गरिएकाे छ ।

त्यसैगरी, खाेप लगाउने व्यक्तिहरूले पहिलाे डाेज खाेप लगाएको कार्ड र उमेर खुलेकाे प्रमाणपत्रसमेत अनिवार्य लिएर उपस्थित हुनुपर्नेछ ।

महानगरपालिकाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d186f0b941c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको