Like us!
Follow us!
Connect us!
Watch us!

निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो ; घट्दा मूल्य नघटाउने बढ्दा सधैँ मूल्य वृद्धि

अर्थ संसार

बुधबार, ०९ असार २०७८, २० : ४८ मा प्रकाशित

निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो ; घट्दा मूल्य नघटाउने बढ्दा सधैँ मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  आयल निगमले बुधबार रातिबाट लागू हुने गरी डिजेल, पेट्रोल र हवाई ईन्धनको मूल्य बढाएको हो ।

डिजेल, पेट्रोल र हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । 

मूल्य बढेसँगै डिजेल प्रति लिटर ११० रुपैयाँ, पेट्रोल १२७ रुपैयाँ र आन्तरिक तर्फको हवाई ईन्धन प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ ।

निगमले हालै मात्र पेट्रोलियम पदार्थको भाउ बढाएको थियो। भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।

घट्दा मूल्य नघटाउने तर बढ्दा भने घाटा भएको भन्दै मूल्य बढाउने आरोप निगमलाई लागिरहेको छ ।

60d34efde969a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको