Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलको मूल्य घट्योे, डिजेलको बढ्यो

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, १० : २५ मा प्रकाशित

पेट्रोलको मूल्य घट्योे, डिजेलको बढ्यो

पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटबढ गरेको हो ।

यस अनुसार पेट्रोल १ रुपैयाँले घटेर आएको छ । डिजेल तथा मट्टीतेल २ रुपैयाँले बढेको छ भने आन्तरिक हवाई इन्धन ३ रुपैयाँले बढेको छ । पेट्रोलको मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गका लागि क्रमशः १५६.५० रुपैयाँ, १५८ रुपैयाँ र १५९ रुपैयाँ कायम भएको छ।

यता डिजेल÷मट्टितेलको मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गका लागि क्रमशः १४७.५० रुपैयाँ, १४९ रुपैयाँ र १५० रुपैयाँ तोकिएको छ । हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ३ रुपैयाँले बढेर १२८ रुपैयाँ पुगेको छ।


 

688c4581c0a22.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको