नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले बिहीबारदेखि लागू हुनेगरी नयाँ दर सार्वजनिक गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।
नयाँ निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि समान १५ रुपैयाँले मूल्य वृद्धि गरिएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लाग्दै गएको कारण यसकाे प्रत्यक्ष प्रभाव आन्तरिक बजारमा परेको हो। विशेषगरी मध्यपूर्व क्षेत्रमा जारी तनाव र द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढ्दै जाँदा नेपालमा पनि मूल्य समायोजन गर्न बाध्य भएको जनाइएको छ।
भारतीय बजारमा समेत मूल्य वृद्धि भएपछि नेपाल आयल निगमको आयात लागत उल्लेखनीय रूपमा बढेको छ। यही कारणले मार्च १६ देखि ३१ सम्मको अवधिमा निगमले करिब ५ अर्ब रुपैयाँ बराबरको घाटा व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ।
निगमले घाटा नियन्त्रण तथा आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न मूल्य समायोजन अपरिहार्य भएको जनाएको छ। पछिल्लो मूल्यवृद्धिले यातायात, ढुवानी र दैनिक उपभोग्य वस्तुको लागतमा थप दबाब पर्ने अनुमान गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस