Like us!
Follow us!
Connect us!
Watch us!

डिजेल र मट्टीतेलको मूल्य घटाइयो, पेट्रोल यथावत

अर्थ संसार

मंगलबार, १९ चैत्र २०८१, ०८ : २६ मा प्रकाशित

डिजेल र मट्टीतेलको मूल्य घटाइयो, पेट्रोल यथावत

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा कटौती गर्दै मंगलबारदेखि नयाँ मूल्य लागू गर्ने भएको छ। भारतबाट आयात हुने इन्धनको लागत घटेसँगै निगमले प्रतिलिटर २ रुपैयाँले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो।

यससँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ, जुन यसअघि १५१ रुपैयाँ रहेको थियो।

यस अतिरिक्त, निगमले हवाई इन्धनको मूल्यमा पनि समायोजन गरेको छ। आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाइएको छ।

यद्यपि, निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने हाललाई यथावत राख्ने निर्णय गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको