Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको ऋणपत्र असार २० गतेदेखि बजारमा आउँदै, व्याजदर कति ?

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, ११ : १८ मा प्रकाशित

ज्योति विकास बैंकको ऋणपत्र असार २० गतेदेखि बजारमा आउँदै, व्याजदर कति ?

ज्योति विकास बैंकले असार २० गते आइतबारबाट १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख कित्ता बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बैंकले १० वर्ष अवधिकाे लागि "९% ज्योति विकास बैंक बण्ड, २०८७" नाममा ऋणपत्र जारी गर्न लागेको हो । 

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

असार २० गते आइतबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा  असार २३ गतेसम्म र ढिलोमा  साउन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लिमिटेड, ज्योति विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

60d56d248b52f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको