Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्वीटी फण्डको न्याभ घट्याे, सेयर लगानी कति ?

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, ११ : ३२ मा प्रकाशित

कुमारी इक्वीटी फण्डको न्याभ घट्याे, सेयर लगानी कति ?

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले २०७९ साल भदाै मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

भदाै मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ २८ पैसामा सिमित रहेकाे छ । उक्त मूल्य साउन मसान्तकाे तुलनामा १८ पैसाले घटेकाे हाे । साउन मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ४६ पैसा रहेकाे थियो ।

त्यसैगरी, भदाै मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी बढेर ५१ करोड ४ लाख ४१ हजार रूपैयाँ पुगेकाे छ । साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४७ करोड ३३ लाख ३२ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, कुमारी इक्वीटी फण्डले विभिन्न प्रकारका ५३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

633290885fdeb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको