Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्वीटी फण्डको सेयर लगानी बढ्यो, न्याभ कति ?

अर्थ संसार

शुक्रबार, ११ भदौ २०७८, १४ : २१ मा प्रकाशित

कुमारी इक्वीटी फण्डको सेयर लगानी बढ्यो, न्याभ कति ?

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ११ रुपैयाँ ०१ पैसा पुगेको छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा २९ पैसाले बढेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ७२ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ६३ करोड ४८ लाख २८ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी असार मसान्तकाे तुलनामा ९ करोड ३३ लाख ४७ हजार रूपैयाँले धेरै हाे । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५४ करोड १४ लाख ८१ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, कुमारी इक्वीटी फण्डले विभिन्न प्रकारका ४० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै बैंकले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा लगानी गरेको छ ।

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात २५ करोड २६ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । असार मसान्तकाे तुलनामा ६ करोड ६६ लाख ७९ हजार रुपैयाँले घटेकाे हाे । 

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6128a425550d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको