Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्वीटी फण्डको न्याभ घट्याे, सेयर लगानी कति ?

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, ११ : २१ मा प्रकाशित

कुमारी इक्वीटी फण्डको न्याभ घट्याे, सेयर लगानी कति ?

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले २०७८ साल फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

फागुन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ७७ पैसामा सिमित रहेकाे छ । उक्त मूल्य माघ मसान्तकाे तुलनामा १५ पैसाले घटेकाे हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ९२ पैसा रहेकाे थियो ।

त्यसैगरी, फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ४५ करोड ९१ लाख एक हजार रूपैयाँमा सिमित छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४६ करोड ७ लाख ४५ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, कुमारी इक्वीटी फण्डले विभिन्न प्रकारका ५० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

623c080417b67.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको