Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्विटी फण्डकाे लाभांश वितरण, तपाईँकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, १२ : ०७ मा प्रकाशित

कुमारी इक्विटी फण्डकाे लाभांश वितरण, तपाईँकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

कुमारी इक्विटी फण्डले आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरकेाे छ । 

फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि साउन २५ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले साउन २४ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका र आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिएकाे हाे ।

कुमारी इक्विटी फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ । 

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ ।

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

611f4d049c73a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको