Like us!
Follow us!
Connect us!
Watch us!

भ्याक्सिन नलगाए मुलुकको अर्थतन्त्र संकटतर्फ जान्छ : उद्योगी व्यवसायी

अर्थ संसार

शनिबार, १२ असार २०७८, ०९ : २१ मा प्रकाशित

भ्याक्सिन नलगाए मुलुकको अर्थतन्त्र संकटतर्फ जान्छ : उद्योगी व्यवसायी

सरकारले घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने भएकोले भ्याक्सिनमा केन्द्रित हुन उद्योगी व्यवसायीले आग्रह गरेका छन् ।  उद्योगी व्यवसायीहरुले सरकारले तत्काल बहुमत नेपालीलाई कोभिड १९ विरुद्धको खोप नलगाउने हो भने मुलुकको अर्थतन्त्र धरासाही हुने चेतावनी दिएका छन् ।  

नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा व्यापार विभागको आयोजनामा  “कोभिड-१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव“ विषयक भरचुअल अन्तरकृया कार्यक्रम सहभागी दर्जनौ व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुको अर्थतन्त्र समस्यमा जाने बताएका हुन् ।
कार्यक्रममा बोल्दै उद्योपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रत नहुनुले गम्भिर आशंका उत्पन्न गरेको बताए । संकटमा सरकारले अक्सिननै नपाएर मानिस मर्ने अवस्था आउनु सरकारको कमजोरी रहेको समेत बताए ।  ‘भारतले नोभेम्बरभित्र सम्पूर्ण नागरिकलाई सबै भ्याक्सिन लगाउने घोषणा गरिसकेको तर हामी कहिले हो टुंगो छैन,’ चौधरीले भने ।

विभिन्न ठाऊमा पत्र पठाएकोमा सरकार रमाइरहेको तर भ्याक्सिन भने आउन नसकेको चौधरीले बताए । बजेट समेत ‘छुट्याइएको छ, तर विचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु भनेको दुर्भाग्यपूर्ण छ’ चौधरीले भने । दुई तिहाइको सरकार बन्यो भने मुलुकका सारा समस्या समाधान हुन्छ भन्ने भ्रम सबैमा विगतमा रहेको तर अहिले विगतमा सवैमा जनतामा एकप्रकारको भ्रम समेत वर्तमान सरकारले तोडिदिएको चौधरीले बताए । ‘७ प्रतिशत मात्रै विकास खर्च गर्ने ९३ प्रतिशत चालु खर्च हुने परिपाटी नबदलेसम्म मुलुकले विकास गर्दैन,’ चौधरीले भने । अहिले सरकारले कतिवटा लाइसेन्स गयो भनेर विदेशी लगानीको हिसाव गरेर बसेको तर विशेष अर्थिक क्षेत्र (सेज) रित्तै हुनुले पनि उद्योग कति फस्टाउनमा सरकारले भूमिका खेलेको भन्ने कुरा प्रष्ट भएको चौधरीले बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले सरकारले खोप ल्याउन नसक्ने अवस्था र जनतालाई नदिएसम्म सहजता दिन सकिएन भने मुलुकको अर्थतन्त्रमा असहज अवस्था आउने  बताए । कोभिड १९ को यस्तो समस्यामा समेत निजी क्षेत्रले आपूर्ती व्यवस्थालाई सहज बनाइरहेको तर राज्यले गर्नुपर्ने काम भने नगरेको गोल्छाले आरोप लगाए । ‘धेरै भन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ घरमा थुनेर समस्या समाधान हुँदैन,’ गोल्छाले भने ।  

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटन क्षेत्रमा लागेका १५ लाख मानिस अहिले वेरोजगार भएर बसेको अवस्था रहेको बताए । अब भ्याक्सिन लगाएर मुलुक खुल्यो भन्ने अवस्था नआएसम्म पर्यटक नआउने भएकोले सरकार त्यसमा केन्द्रित हुनुनपर्ने शेर्पाले बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लकडाउनकैबीचमा सरकारले असार २५ भित्र कर तिर्नका लागि सूचना निकालेर बस्नु गलत भएको बताए । ‘कोभिड १९ को कारण उद्योग र व्यवसाय क्षेत्रमा कति असर परेको छ भन्ने सरकारले कल्पना समेत गर्न सक्दैन’, मल्लले भने । सकारले पहिले भ्याक्सिन दिएर मात्रे अन्य कुरा तर्फ लाग्न मल्लले आग्रह गरेका छन् ।

बैंकमा समेत तरलता आइसकेको अवस्थामा सरकारले विकास बजेट खर्चमा केन्द्रित हुनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । मंसिर देखि जेठसम्म निर्माणको काम हुने तर सरकारले दुई वर्ष देखि सोही समयमा बन्द गर्दा काम हुन नसकेको सिंहले बताए । ‘पुँजीगत खर्च नहुनुमा सरकारले म्यादथपको काम नगर्दा समस्या आएको छ, काम गर्ने समयमा कम गर्न नपाएपछि म्यादथपको विकल्प हुँदैन,’ सिंहले भने ।

कार्यक्रममा बोल्दै नेपाल सिमेन्ट उत्पादक संघ  अध्यक्ष धुर्वराज थापाले अहिले ३० प्रतिशत उद्योग बन्द रहेको र ७० प्रतिशत चलेका उद्योग पनि ३० प्रतिशत क्षमतामा मात्रै चलेको बताए । ५ अर्ब भन्दा बढी ऋण लिएका उद्योगलाई ५ करोड पुर्नकर्जा दिएकोले लगानी अनुसार कर्जा प्रवाह गर्नुपर्नेमा थापाले जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ वरिष्ट उपाध्यक्ष विष्णु कुमार अग्रवालले कोभिड १९ ले नेपालको अर्थतन्त्रलाई धरासायी बनाएको बताए । नेपाललले खोप अझै लगाउन नसक्ने अवस्थामा अझै एकवर्ष समस्या आउने देखिएको बताए । ‘राजश्वमा योगदान गर्न उद्योगलाई चलायमान गराउने एक मात्र विकल्प भ्याक्सिन हो,’ अग्रवालले भने ।

कांग्रेसले भन्यो -सरकारलाई दवाव दिन्छौँ

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महत अहिलेको सरकारबाट केही पनि आशा गर्ने ठाऊ नभएको बताउँदै यो सरकारको वहिर्गमनै पहिलो सर्त भएको बताए । व्यवसायीले उठाएका माग पुरा गराउन सरकारलाई दवाव दिने समेत महतले बताए । ‘सरकार कुरा गर्छ, काम गर्दैन तर बहुमत प्राप्त गरेको दिन देखि जनताको सेवा भन्दा आफ्नो सेवामा लागेको छ,’ महतले भने । महामारीमा समेत सरकार भ्रष्टाचारमा लाग्नू पाप भएको समेत महतले अरोप लगाएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय उद्योग व्यापार विभागका सभापति चिनकाजी श्रेष्ठले कांग्रेसले यस्तो छलफल जारी राख्दै मुलुकको अर्थतन्त्र चलायमान गराउन केन्द्रित हुने बताएका छन् । ‘व्यवसायीको माग सम्बोधन गर्न दवाव दिन्छौ,’ श्रेष्ठले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको