Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर ! आरविवि म्यूचुअल फण्ड-१ को इकाई असार २३ गतेबाट खुल्ने

अर्थ संसार

सोमबार, १४ असार २०७८, ०८ : ०४ मा प्रकाशित

लगानीको अवसर ! आरविवि म्यूचुअल फण्ड-१ को इकाई असार २३ गतेबाट खुल्ने

आरविवि म्युचुअल फण्डले असार २३ गतेदेखि आरविवि म्यूचुअल फण्ड-१ को इकाई निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । फण्डले  ‘आरविवि म्युचुअल फण्ड-१’ को १० करोड इकाई बिक्री गर्न लागेको हो । 

कूल इकाईमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १३% कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र २% इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्री गरिनेछ ।
 
आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फण्ड हो । उक्त इकाईमा लगानीकर्ताले असार २३ गतेदेखि छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

उक्त इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । 

उक्त इकाईमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

उक्त इकाईको बिक्री प्रवन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

थप जानकारीको लागि तलको विवरण हेर्नुहोस् :- 

60d93ba6da67a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको