Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि हाईब्रिड फण्ड एल-१ को न्याभ बढ्यो, सेयर लगानी कति ?

अर्थ संसार

सोमबार, १४ असार २०७८, ०९ : ५६ मा प्रकाशित

एनएमबि हाईब्रिड फण्ड एल-१ को न्याभ बढ्यो, सेयर लगानी कति ?

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल-१ ले २०७८ साल जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेठ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १७ रूपैयाँ ०५ पैसा पुगेको छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा एक रूपैयाँ २२ पैसाले बढेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रूपैयाँ ८३ पैसा रहेकाे थियो ।

त्यसैगरी, जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ८७ करोड ७० लाख १५ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा ११ कराेड रूपैयाँ भन्दा धेरै हाे । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७६ करोड ६९ लाख ९५ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सिद्धार्थ इक्वीटी फण्डले विभिन्न प्रकारका ५५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d94cb85e611.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको