Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड विरुद्धको भ्याक्सीन उपलब्ध गराउन नाडाको अपिल

अर्थ संसार

सोमबार, १४ असार २०७८, १६ : ४९ मा प्रकाशित

कोभिड विरुद्धको भ्याक्सीन उपलब्ध गराउन नाडाको अपिल

कोभिड विरुद्धको भ्याक्सीन उपलब्ध गराउन नाडाले अपिल गरेकाे छ ।

विश्वव्यापी रुपमा पुनः विश्वमा फैलिएको कोरोना भाइर्रसको दोश्रो लहरबाट जनताको स्वास्थ रक्षाका लागि सरकारले वैशाख १६ गतेदेखि लकडाउन जारी गरेको सन्दर्भमा सरकारले हाल सो लकडाउनलाई केही खुकुलो पार्दै लगेको छ ।  

यसै सन्दर्भमा सरकारले अटोमोबाइल वर्कशप, शोरुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला  हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि  खोप उपलब्ध नभएको स्थितिमा आफनो व्यवसायमा संलग्न भई आफनो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोबाइल वर्कशप, शोरुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराई दिने व्यवस्थाका लागि नाडाले सरकारसँग हार्दिक अपिल गरेकाे हाे ।  
  
  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको