Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्राेले तल्लाे इन्द्रावती पाएपछि कति देला लाभांश ? हकप्रदसमेत जारी गर्न सक्ने

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १३ : ०६ मा प्रकाशित

नेशनल हाइड्राेले तल्लाे इन्द्रावती पाएपछि कति देला लाभांश ? हकप्रदसमेत जारी गर्न सक्ने

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले तल्लो इन्द्रावती जलविद्युत आयोजनाकाे लाईसेन्स पाउने भएपछि सेयर बजारमा त्यसकाे असर देखिएकाे छ । नेप्सेमा मंगलबार प्रि ओपन सेसनमै कम्पनीकाे मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेर ३४८ रूपैयाँ पुगेकाे थियाे । बजार खुलेकाे केही बेरमै कम्पनीकाे सेयर मूल्य प्रतिकित्ता ३६५ रूपैयाँ पुगेर सर्किट लागेकाे थियाे । त्यसपछि बिक्री चाप बढेर मूल्य केही घटेकाे अवस्था छ । 

कम्पनी सञ्चालनकाे दुइ दशककाे इतिहासमा लाभांश दिने अवस्थामा पुगेकाे छ । यस वर्ष कम्पनीले कति लाभांश बाँड्ला ? सबैकाे चासाे छ । कम्पनीकाे तेस्राे त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीकाे जगेडा काेष ३३ कराेड २९ लाख रूपैयाँ ऋणात्मक छ । सम्भावित नाेक्सानीमा व्यवस्था गरिएकाे प्राेभिजन ६५ कराेड रूपैयाँ छ । कम्पनीले लाइसेन्स पाएपछि कम्पनीले गरेकाे ६५ कराेड प्राेभिजन राइटब्याक हुनेछ । कम्पनीले कुनै ऋण तिर्न बाँकी छैन । यस्ताे अवस्थामा कम्पनीकाे आम्दानी र राइट ब्याकपछि नेशनल हाइड्राेकाे प्रतिसेयर आम्दानी करिव ५३ रूपैयाँ हुनेछ । कम्पनीले प्रतिसेयर आम्दानीकाे ५० प्रतिशतसम्म बाेनस बाँड्न सक्छ । कम्पनीलाई आयाेजना निर्माण गर्न रकम चाहिने भएकाले यसले बाेनस सेयर दिएर पूँजी वृद्धि गर्नेछ । यस आधारमा कम्पनीले २६ देखि ३० प्रतिशतसम्म बाेनस सेयर दिन सक्ने एक चार्टर्ड एकाउन्टेन्ट दावी गर्छन् । कम्पनीले भर्खरै लाइसेन्स पाएकाे अवस्थामा लगानीका लागि रकम जुटाउन १ बराबर १ अनुपातमा हकप्रद (राइट) सेयर समेत जारी गर्न सक्नेछ ।

विद्युत विकास विभागले मागेकाे आर्थिक प्रस्तावमा नेसनल हाइड्रोपावरले सबैभन्दा बढी रकम कबाेल गरेकाले नेशनल हाइड्राेले साेमबार आसयपत्र (लेटर अफ इन्टेन्ट) पाएकाे थियाे । नेशनल हाइड्राेले ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती आयोजनाको अनुमतिपत्र (लाईसेन्स) लिएर आयाेजना बनाइरहेका बेला काम बीचमै रोकिएको थियो। काम बन्द भएपछि विद्युत विकास विभागले आयाेजनाकाे लाईसेन्स खारेज गरेकाे थियाे। लाईसेन्स खारेज भएपछि कम्पनीले करिव ६५ करोड रूपैयाँ प्रोभिजनिङ गर्नु परेको हो।

नेशनल हाइड्रोले ३१ मेगावाटको इखुवा खोला पनि निर्माण गर्दैछ। इखुवा खोलामा माछापुच्छ्रे बैंकको लिडमा माछापुच्छ्रेले ७० करोड, नेपाल एसबीआई बैंकले ५० करोड र ज्योति विकास बैंकले ४८ करोड रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ।

परियोजनाको लागत २ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ। इखुवा खोलामा नेशनल हाइड्राेकाे ६७ प्रतिशत लगानी छ। कम्पनीले आयाेजना बनाउन लिएकाे सबै ऋण भुक्तानी भइसकेको छ । लाईसेन्स पाएपछि प्रोभिजन भएकाे रकम फिर्ता भएपछि वासलात धनात्मक बन्ने छ । नेशनल हाइड्राेका अध्यक्षा कुमार पाण्डेले लाभांश बाँड्ने हैसियतमा कम्पनी पुगेकाे बताए ।

नेशनल हाइड्राेका लगानीकर्ताले आयाेजना निर्माण भएको २० वर्षपछि पहिलाे पटक लाभांश पाउनेछन् ।

नेशनल हाइड्राेकाे सेयरमा पछिल्लाे समय निकै आकर्षण देखिएकाे छ । पछिल्लाे ५२ हप्तामा ४९ रूपैयाँसम्म झरेकाे नेशनलकाे सेयर साेमबार ३३२ रूपैयाँमा बन्द भएकाे छ । नेशनलले लाईसेन्स पाउने आशमा केही दिन यता यस कम्पनीकाे काराेबार उच्च भएकाे छ । साताकाे पहिलाे सेयर काराेबार दिन अाइतबार नेशनल हाइड्राे काराेबार रकमकाे आधारमा पहिलाे नम्बरमा थियाे । साेमबार पनि टप १० भित्र परेकाे छ ।

लामाे समय विवादकाे भुमरीमा फसेकाे नेशनल हाइड्राे सवल नेतृत्व पाएपछि लगानीकर्ताकाे राेजाइमा पर्ने कम्पनी बन्न पुगेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको