विश्वकै अग्रणी रेमिट्यान्स् सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको सञ्जालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।
यो सम्झौताले रिया मनी ट्रान्स्फरले विश्वभर रेमिट्यान्स्कोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढि मान्यता दिएको छ । यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तिव्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्स्कोे क्षेत्रमा ठुलो सहयोग पुग्नेछ । रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढि ग्राहकसम्म पहुँच हुनेछ ।
यस सहकार्यले नेपाललाई फिन्टेकमा आधारित रेमिटेन्स सेवाका लागि उदयीमान बजारका रूपमा स्थापित गरेको छ जहाँ, डिजिटल रेमिट्यान्स्ले जटिल भूगोल र ३ करोड जनसंख्यालाई परम्परागत किसिमको रेमिट्यान्स् कारोबारमा भइरहेका चुनौतीहरुको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस