काठमाडौंमा असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइने भएकाे छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले एक सूचना प्रकाशन गर्दै असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएकाे छ ।
जेठ २५ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूलाई असार २२ गतेदेखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाइने सूचनामा उल्लेख गरिएकाे छ ।
खाेप लगाउने व्यक्तिहरूले असार २२ गतेदेखि २४ गतेसम्म बिहान १० बजेदेखि दिउँसाे ४ बजेसम्म पहिलाे डाेज खाेप लगाएको कार्ड लिएर आफूलाई पायक पर्ने खाेप केन्द्रमा जानुपर्नेछ।
खाेप केन्द्रहरू तलकाे सूचनामा उल्लेख गरिएकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस