Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाद्धारा पाकिस्तानलाई २५ लाख खोप प्रदान

अर्थ संसार

शनिबार, १९ असार २०७८, १५ : १८ मा प्रकाशित

अमेरिकाद्धारा पाकिस्तानलाई २५ लाख खोप प्रदान

अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ । 

अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनिकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।

महामारीले अफ्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको छ । 

पाकिस्तानको संघीय राजधानी इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले पाकिस्तानलाई हस्तान्तरण गर्नुभएको छ ।

अमेरिकाले विश्वभरी वितरण गर्नेगरी छुट्याएको आठ करोड खोप मध्येबाट अहिले २५ लाख खोप पाकिस्तानलाई उपलब्ध गराएको हो । 

पाकिस्तानमा अहिलेसम्म चीनले तीन प्रकारका खोप उपलब्ध गराएको छ । चीनले पाकिस्तानलाई सिनोफार्म, क्यानसिनोबायो र सिनोभ्याक खोप उपलब्ध गराएको हो । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पाकिस्तानमा अहिले कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिसले मात्रै खोप लगाउन पाएका छन् । 

पाकिस्तानमा कोभ्याक्समार्फत् १२ लाख मानिसले अष्ट्रजेनिका खोप लगाएका छन् । अरु खोप आउने क्रममा रहेको जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको