Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको ऋणपत्र आजबाट बिक्री खुल्ला

अर्थ संसार

आइतबार, २० असार २०७८, ०७ : ५३ मा प्रकाशित

ज्योति विकास बैंकको ऋणपत्र आजबाट बिक्री खुल्ला

ज्योति विकास बैंक लिमिटेडले १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र आज (असर २० गते, आइतबार) देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १ अर्ब ५० लाख रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो ।

जसमध्ये बैंकले ६ लाख कित्ता सामूहिक लगानीकोष)सहित सर्वसाधारणमा बिक्री गर्नेछ, भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी ५ लाख ७० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो । 

उक्त इकाईहरु बैंकले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । बैंकले १० वर्ष अवधिको ‘ज्योति विकास बैंक बन्ड २०८७’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ९% हुनेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा असार २० गतेदेखि छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।  बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ । 

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60e11890688fc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको