Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाईड्रोको स्थगित सभा असार ३१ गते हुने

अर्थ संसार

आइतबार, २० असार २०७८, ०८ : ३९ मा प्रकाशित

नेशनल हाईड्रोको स्थगित सभा असार ३१ गते हुने

नेशनल हाईड्रो पावर कम्पनीले यसअघि स्थगित २४औं वार्षिक साधारण सभा पुन: आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असार ३१ गते, कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । 

यसअघि कम्पनीको फागुन २३ गते सम्पन्न संचालक समितिले कम्पनीको २४औं सभा चैत २७ गते तोकिएकोमा उक्त सभामा गुणपुरक संख्या नपुगी स्थगित गरिएको थियो ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने गरिनेछ । 

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि चैत १३ गतेदेखि चैत २७ गतेसम्म बुकक्लोज गरिसकेको छ । त्यसैले चैत १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60e1236175bc9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको