Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई प्रक्षेपित लाभांश दिनसक्ने गरी योजना बनाएका छौँ : बद्री प्रसाद प्याकुरेल

अर्थ संसार

आइतबार, २० असार २०७८, १३ : ३२ मा प्रकाशित

म्युचुअल फण्डहरूको भविष्य उज्ज्वल रहेको आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बद्री प्रसाद प्याकुरेलले बताएका छन् ।

अर्थ संसार डटकमको विशेष कुराकानीमा उनले लगानीकर्ताहरू बिस्तारै बिस्तारै यो क्षेत्रमा पनि मोडिँदै गएको हेर्दा म्युचुअल फण्डहरूको भविष्य एकदमै उज्ज्वल देखिएको बताएका छन् । उनी भन्छन्, "म्युचुअल फण्डहरूको भविष्य उज्ज्वल छ । म्युचुअल फण्डहरूको भविष्य उज्ज्वल हुनु भनेको लगानीकर्ताहरूको भविष्य पनि उज्जवल हुनु हो ।"

पछिल्लो समय सामूहीक लगानी कोषहरूमा पनि लगानीकर्ताहरूको चासो बढिरहेको बताउँदै उनले केही समयको अन्तरालमा म्युचुअल फण्डहरू पनि नयाँ उचाईमा पुग्ने दावी गरेका छन् । तुलनात्मक रूपमा हेर्दा पहिलेको भन्दा अहिले म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताहरूको संख्या अत्याधिक रूपमा बढिरहेको उनले बताए । 

कुराकानी कै क्रममा अहिले बजारमा बन्दमुखी योजनाहरूमा लगानीकर्ताहरू धेरै आकर्षित भइरहेको देखिइएकाले आफूहरूले पनि बन्दमुखी योजना नै निष्कासन गर्न लागिएको उनी बताउँछन् । खुल्लामुखी योजनाको बारेमा पनि अध्ययन भइरहेको उनले बताएका छन् । आरविवि म्युचुअल फण्डले असार २३ गतेदेखि "आरविवि म्यूचुअल फण्ड १" नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

आफूहरूले लगानी गर्दा सबै क्षेत्रहरूलाई विशेष ध्यानमा राखेर राम्ररी अध्ययन गरिने हुनाले यो म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताहरूले राम्रो प्रतिफल पाउने उनी बताउँछन् । यो म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताहरूलाई ७ वर्षमा १६० प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको छ । लगानीकर्तालाई  प्रक्षेपित लाभांश दिनसक्ने गरी योजना बनाइएकाे उनले बताएका छन्  । 

उनीसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको