Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया सेलेक्ट-३० फण्डको इकाई बाँडफाँड, बढ्याे आकार

अर्थ संसार

सोमबार, २१ असार २०७८, ११ : ३० मा प्रकाशित

एनआईसी एशिया सेलेक्ट-३० फण्डको इकाई बाँडफाँड, बढ्याे आकार

एनआईसी एशिया कयापिटलले असार १० गते, बिहिबारबाट असार १४ गते, साेमबारसम्म निष्कासन गरेको ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’  नामक सामुहिक लगानी कोषकाे इकाईहरू बाँडफाँड गरिएकाे छ । 

आइतबार गरिएकाे बाँडफाँडमा १०० इकाईदेखि ४५ लाख इकाईसम्म मााग गर्ने सबैलाई माग अनुसारकै इकाईहरु र ५० लाख इकाईदेखि एक कराेड इकाईसम्म माग गर्ने आवेदकहरुलाई ४९ लाख ३० हजार ६ सय ५ इकाईका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएकाे छ ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियाे । 

तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १ अर्ब २५ कराेड रूपैयाँ बनाइएको हो । 

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

याे पनि :

मार्केट भन्दा धेरै लगानी रिटर्न NIC Asia Select 30 ले गर्ने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको