Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि म्युचुअल फण्ड बुधबारबाट खुल्दै, कति गर्ने लगानी ?

अर्थ संसार

मंगलबार, २२ असार २०७८, १२ : ०९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी ‘आरविवि म्युचुअल फण्ड-१’ भाेलि असार २३ गते, बुधबारदेखि खुल्ला गर्दैछ । फण्डले एक अर्ब रूपैयाँ बराबरकाे १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।

लगानीको अवसर ! आरविवि म्यूचुअल फण्ड-१ को इकाई असार २३ गतेबाट खुल्ने

यस योजनाको कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

७ वर्ष अवधि रहेकाे यो एक बन्दमूखी योजना हो । कोष प्रवद्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । उक्त इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्तालाई प्रक्षेपित लाभांश दिनसक्ने गरी योजना बनाएका छौँ : बद्री प्रसाद प्याकुरेल

इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्कासन गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताहरुले meroshare.cdsc.com.np मा गई आवेदन दिन सक्नेछन् । उक्त इकाईमा लगानीकर्ताले असार २३ गतेदेखि छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

याे पनि :

 


 

60e3fd252efea.jpg 60e3fd2b5bb1f.jpg 60e3fd30e0496.jpg 60e3fd381c8ab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको