Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थ सहित खाना पकाउने ग्यासको मूल्य बढ्यो, किन हुँदैछ निरन्तर बृद्धि ?

अर्थ संसार

बुधबार, २३ असार २०७८, ०७ : ४४ मा प्रकाशित

पेट्रोलियम पदार्थ सहित खाना पकाउने ग्यासको मूल्य बढ्यो, किन हुँदैछ निरन्तर बृद्धि ?

नेपाल आयल निगमले  पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको मूल्य बृद्धि गरेको हो ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाइएको छ ।  यो मूल्य बृद्धिसंगै अब डिजेल र मट्टीतेल प्रतिलिटर ११२ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ कायम भएको छ  । त्यस्तै निगमले  आन्तरिक तर्फको हवाई ईन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बृद्धिगरी प्रति लिटर ८४  रुपैयाँ पुर्याएको छ । अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धनको मूल्य प्रतिकिलोलिटर १९ अमिरिकी डलर बढेर प्रति किलोलिटर ७५४ डलर कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढेर प्रति सिलिण्डर १४२५ रुपैयाँ कायम भएको छ ।

निगमले असार ७ गते पनि मूल्उ बृद्धि गर्दै डिजेल प्रति लिटर ११० रुपैयाँ, पेट्रोल १२७ रुपैयाँ र आन्तरिक तर्फको हवाई ईन्धन प्रतिलिटर ८२ रुपैयाँ कायम गरेको थियो ।

निगमले केहि महिनादेखि निरन्तर पेट्रोलियम पदार्थको भाउ बढाइरहेको छ । भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।

घट्दा मूल्य नघटाउने तर बढ्दा भने घाटा भएको भन्दै मूल्य बढाउने आरोप निगमलाई लागिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको